logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्छ : नेता रिजाल

    सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्छ : नेता रिजाल

    714
    Shares
    सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्छ : नेता रिजाल

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका बेला उनले सो सुझाव दिएका हुन् ।

    शनिवार काठमाडौंमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी पनि गरे । पञ्चवर्षीय योजना योजनाजस्तो नभएको उनको भनाई थियो । नेता रिजालले सिमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्टयाउनुपर्ने बताए । सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उनको तर्क थियो ।

    नेता रिजालले भने, ‘हाम्रो बजेट बजेट जस्तो छैन । हाम्रो पञ्चवर्षीय योजना योजना जस्तो छैन । सबै चिज गर्छु भन्नु योजना होइन । तपाईसँग लिष्ट छैन भने तपाईले जतिसुकै गर्छु भनेपनि अथवा यो पनि गर्छु, यो पनि गर्छु भन्नु द्याट्स नट बजेट । लिमिटेड रिर्सोसेसमा प्राथमिकता छुट्टयाउनु पर्छ-के गर्ने, के नगर्ने ?’

    नेता रिजालले प्राथमिकता तयविना विनियोजन गरिएको बजेटले काम गर्न नसक्ने तथ्य पनि औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend