सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार

एजेन्सी । जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर उड्ने कार प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।

राजधानीको कोटो वार्डमा रहेको इन्टरनेशनल इभेन्ट टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर एउटा पार्किङ स्थलमा गाडी जमिनबाट करिव १० मिटर टाढा घुम्दा करिव ५ सय दर्शकहरु थिए । उड्ने सवारी साधनहरू मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षा गरिएको छ ।

ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा आपूर्तिहरू पु¥याउन प्रभावकारी हुने बताइएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्सा ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिव १९६ किलोग्राम तौल छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend