logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • निर्माण सामग्री बोकेका ट्रीपर आजदेखी संचालनमा,समितिले बाढ्यो सुरक्षा सामाग्री

    निर्माण सामग्री बोकेका ट्रीपर आजदेखी संचालनमा,समितिले बाढ्यो सुरक्षा सामाग्री

    2.8K
    Shares

    काठमाडौं, बैशाख २८ । सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै आजबाट ट्रीपरहरु संचालनमा आएका छन्।

    नेपाल ट्रीपर तथा ट्रक व्यवसायी समितिले आज धादिङ्ग र काठमाडौँको सिमानामा पर्ने खत्रीपौवामा चालक सह- चालकलाई सुरक्षा सामाग्रीहरु माक्स, सेनीटाइजर र पन्जा वितरण गर्दै आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गर्दै सुरक्षित भएर सिधा आफ्नो गन्तब्यमा जान र फर्किन निर्देशन दिएको छ।

    समितिका अध्यक्ष राम कुमार चापागाईले सम्पूर्ण चालक सह-चालकलाई तिब्र गतिमा सवारी नहाक्न यात्रु नबोक्न निर्देशन दिदै आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर दुरी कायम गर्दै काम गर्न निर्देशन दिनुभएको हो ।

    त्यस्तै राष्ट्रिय यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले स्वागत योग्य निर्यण गरेर ट्रीपर संचालन गर्न दिएको मौकालाई चालक सहचालकले दुरुपयोग नगर्ने र अनुसासित ढंगले सवारी चलाउने भन्दै आफ्नो जीवनको सुरक्षाका सम्पूर्ण सावधानी अपनाएर अगाडी बढ्ने बिश्वास व्यक्त गर्नुभयो।

    निर्माण सामाग्री बोक्ने सवारी चलेको भए पनि रोडा ढुंगा उत्पादन गर्ने क्रसर उधोग पनि चल्न सहज गरिदिन सरकारसंग युवा व्यवसायी तथा नेपाल ट्रीपर तथा ट्रक व्यवसायी समितिका उपाध्यक्ष शिव ओझाले आग्रह गर्नुभयो। ट्रीपर बिकास निर्माणको सम्बाहक भएको भन्दै आफुहरु नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको र सरकारले पनि त्यसरी नै सहयोग गर्नुपर्ने धारणा राख्नु भयो।

    सुरक्षा सामाग्रीहरु माक्स, सेनीटाइजर र पन्जा वितरण कार्यक्रममा नेपाल ट्रीपर तथा ट्रक व्यवसायी समिति संस्थापक अध्यक्ष यादव श्रेष्ठ थानकोट बृतका डिएसपी घनश्याम श्रेष्ठ लगायत अन्य ब्यवसयीहरुको उपस्थिति रहेको थियो।

    सरकारको निर्णयसंगै निर्माण सामग्री बोकेका ट्रीपर आजदेखी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend