मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ । सुन आज तोलामा १६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ आज तोलामा ११० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend