काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेलाई तय गरिएको हो ।
सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकारलगायतको विषयमा सत्ता र विपक्षी दलको संयुक्त कार्यदलको बैठ जारी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले आजको संसदमा गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको छ ।