काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि पाँच जना छनौट भएका छन् ।
खुला प्रतिस्पर्धाबाट नियुक्त्तीका लागि सिफारिस गर्न गठित उप समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको हो ।
उनीहरुको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनका आधारमा छनौट गरीएको हो ।
कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छनौट भएका हुन् । छनौट भएका मध्य एक जना सिफारिस हुने छन् । छनौट भएकाको अन्र्तवार्ता ९ गतेका लागि तोकिएको छ । कृष्णबहादुर अधिकारी यसअघि नेपाल बैंकको सिइओ हुन् ।
बैंकले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० मा भएको व्यवस्था बमोजिम पदका लागि आवेदन दिएका उम्मेदवारहरु मध्येबाट पाँच जनाको नाम छनौट गरेको जनाएको छ ।
बैंककाले अन्र्तवार्तामा आउँदा पेश गरेका सम्पूर्ण कागजात र व्यवसायिक योजना ल्याउन भनेको छ ।
किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि बेंकमा नयाँ सिइओ नियुक्तिको प्रक्रिया अघि बढेको हो ।