logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • नेको इन्स्योरेन्सले जलविद्युतमा लगानी गर्ने, २०० मेगावाट आयोजना बनाउन प्रस्ताव माग

    नेको इन्स्योरेन्सले जलविद्युतमा लगानी गर्ने, २०० मेगावाट आयोजना बनाउन प्रस्ताव माग

    875
    Shares
    नेको इन्स्योरेन्सले जलविद्युतमा लगानी गर्ने, २०० मेगावाट आयोजना बनाउन प्रस्ताव माग

    काठमाडौं । निजी तथा सार्वजनिक लगानीमा सञ्चालित नेको इन्स्योरेन्स लिमिटेडले २ सय मेगावाटसम्म जलविद्युत आयोजना बनाउने भएको छ ।

    आयोजना लिनका लागि नेको इन्स्योरेन्सले प्रस्ताव मागेको छ । मुलुकको पूर्वाधार विकासमा योगदान गर्न जलविद्युतमा सहभागी भएर लगानीलाई विविधिकरण गर्ने उद्देश्य अनुसार जलविद्युत आयोजना बनाउन लागेको नेको इन्स्योरेन्सले जनाएको छ । नेकोले ‘टेक्निकल स्पेशिफिकेसन’भित्र पर्ने जलविद्युत आयोजना खरिद गरेर आफैले निर्माण थाल्ने भएको हो ।

    जलविद्युत आयोजना खरिद गरेर निर्माण गर्ने नेको मुलुककै पहिलो निर्जीवन बिमा कम्पनी हो । बिमा कम्पनीरुको अधिकाँश लगानी बैंकको मुद्धति निक्षेपमा हुने गरेको छ ।

    नेकोले न्यूनतम ५० मेगावाटदेखि २ सय मेगावाटसम्मका आयोजना हेरेको छ । नदी प्रवाही (आरओआर) अर्धजलासय र जलासय जुन आयोजना भए पनि बनाउने नेकोले जनाएको छ । कम्पनीले योग्य तथा इच्छुक जलविद्युत आयोजनका लगानीकर्तालाई आशयपत्र पेश गर्न भनेको छ ।

    आशयपत्रमा जलविद्युत आयोजनाको सुरुङको लम्बाइ बढीमा ८ किलोमिटर हुनुपर्ने, यस्तै आयोजनाको विद्युतगृहबाट नेपाल विद्युत प्राधिकरणरको सबस्टेशन दुरी बढीमा २० किलोमिटर हुनुपर्ने, विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भएको वा प्रक्रिया अघि बढेको हुनुपर्ने नेकोले जनाएको छ ।

    यस्तै विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिएको वा लिने प्रक्रिया अघि बढेको हुनुपर्ने छ । आयोजनाको खुद हेड ६ सय मिटर अग्लो हुनुपर्ने कम्पनीले जनाएको छ ।

    नेकोले छनौट गरेको आशयपत्र अन्तर्गतको आयोजना खरिद वा लगानी गर्नको लागि आवश्यक स्वीकृति प्राप्त भएपछि आयोजना धनीसँग सम्झौता गरि भुक्तानी गरीने र स्वामित्व हस्तानन्तरण हुने कम्पनीले जानकारी दिएको छ ।

    नेको इन्स्योरेन्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनी हो । नेकोले चालू आर्थिक वर्षको ९ महिनामा १५ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend