सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । दिनहुँ बढ्दै गएको सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा पनि त्यसको प्रभाव परिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको थियो । आज सोमबार फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।

डलर कमजोर भइरहेको र लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्र ठानेर लगानी बढाएपछि विश्व बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनका अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स २४ सय ३८ डलर पुगेको छ । छिट्टै २५ सय डलर पुग्ने अनुमान गरिएको उनले सुनाए । केन्द्रीय बैंकहरुले धमाधम सुनको सञ्चिती बढाएको शाक्यले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend