मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

सहकारी पीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्छु : गृहमन्त्री लामिछाने

सहकारी पीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताए । गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए । उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए ।

उनले सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रत गतिमा काम गर्ने प्रतिवद्धता जनाए । उनले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताए ।

उनले भने,‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने सवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो । प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने सवैधानिक व्यवस्था हो । एक महिनाभित्र विश्वासको मत लिने कुरा हो । आईतवार प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन उभिएको थिए ।

गिरीबन्धु जग्गाको विषय विर्सेको होइन । त्यसलाई पनि छानविनमा ल्याउनुपर्छ । कोको सहभागि छन् छानविन गर्नुपर्छ तर हिजो प्रसंग त्यो थिएन। मैले संसदमा के भने त्यसको लागि जिम्मेवार छु । के बुझियो र बुझाइयो त्यसको जिम्मेवार छैन । महिले आरोप लगाएको होइन । प्रतिपक्ष दललाई धमकायको र तर्साएको होइन । विगतमा पत्रपत्रिकाहरुमा मेरो जस्तै आएका समाचारहरुलाई आधार मानेर संसदीय समिति बनाउने हो भनेर उदाहरण दिएको हो ।

संसदीय समिति गठन गर,सहकारी ठगलाई कारबाही गर म पनि भन्छु । सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रतगतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्तिकेन्द्रित भएर नाराबाजी गरिरहेको छ । हामी व्यक्ति केन्द्रित नभइ सरकारले संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छ ।’

उनले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend