logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले नाराजुलुस गर्नु अस्वभाविकः सांसद पौडेल

    प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले नाराजुलुस गर्नु अस्वभाविकः सांसद पौडेल

    896
    Shares
    प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले नाराजुलुस गर्नु अस्वभाविकः सांसद पौडेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले सवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिँदा कांग्रेसले नाराजुलुस गर्नु स्वभाविक नभएको बताएका छन् । सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव पौडेलले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्रीले सवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिएको पार्टीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिन नदिनु लोकतन्त्र विपरित भएको टिप्पणी गरे । उनले सरकारले सहकारी पीडितहरुको समस्या समाधान गर्न समिति बनाउन तयार हुँदाहुँदै पनि कांग्रेस सहमति बाहिर गएको बताए । उनले सरकारले नीति कार्यक्रम पास गरी बजेट ल्याउनैपर्ने व्यवस्था रहेको बताए ।

    उनले भने,‘सरकारले सहकारी पीडितहरुको समस्या समाधान गर्न समिति बनाउन सरकार तयार हुँदा हुँदै पनि आईतवार कांग्रेसले उल्लंघन गर्नुभयो । आज हामी यो ठाँउमा पुग्यौ । फेरि पनि सरकारले बजेट पनि ल्याउनै पर्नेछ । नीति कार्यक्रम पनि ल्याउनै पर्ने यता प्रधानमन्त्रीलाई राजनीतिक दलले दिएको विश्वासको मत फिर्ता दिएपछि कानूनी व्यवस्था अनुरुप प्रधानमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनु पर्ने कानूनी प्रावधान रहेको छ । सरकारको दिन गन्ती शुरु भएको छैन ।

    प्रतिपक्षले पनि लोकतान्त्रिक प्रक्रिया अनरुप प्रधानमन्त्रीले विश्वासको मत छैन । भनेर विश्वासको मत र्फिता गरेको अवस्थामा सवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन खोज्दा नारा जुलुस गर्न मिल्छ । मिल्दैन । लोकतान्त्रिक पार्टीले विश्वासको मत लिने बेलामा विरोध गर्नु स्वाभाविक भएन । निती तथा कार्यक्रम र बजेट पास गर्न सरकारले सबैसँग सहमतिको उपाय खोज्छ ।’

    उनले सरकारले नीति तथा कार्यक्रम र बजेट पास गर्न सरकारले सबैसँग सहमतिको उपाय खोज्ने गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend