logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मुलुककाे व्यापार अवस्था : सवा खर्बकाे निर्यात हुँदा १३ खर्बको आयात

    मुलुककाे व्यापार अवस्था : सवा खर्बकाे निर्यात हुँदा १३ खर्बको आयात

    910
    Shares
    मुलुककाे व्यापार अवस्था : सवा खर्बकाे निर्यात हुँदा १३ खर्बको आयात

    काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

    विभागका अनुसार चालु आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ ।

    समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँको आयात र ८६ अर्ब रुपैयाँको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको छ । दश महिनामा चीनसँग  दुई खर्ब ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

    वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ बराबरको डिजेल ५६ अर्ब ८० करोड रुपैयाँ बराबरको डिजेल र ४६ अर्ब रुपैया बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ ।

    नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड रुपैयाँ, अलैंची छ अर्ब ९१ करोड रुपैयाँ, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड रुपैयाँ र पाम आयल पाँच अर्ब ६० करोड रुपैयाँ बराबर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend