logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमती जरुरी छः देव गुरुङ

    शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमती जरुरी छः देव गुरुङ

    994
    Shares
    शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमती जरुरी छः देव गुरुङ

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमती नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो ।

    सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरुले नेपालमा पनि शान्ति प्रक्रियालाई भडकाउने प्रयास गरिरहेको दाबी समेत गरे । मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकि कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गरे । उनले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताए ।

    महासचिव गुरुङले भने, मुलुकको परिस्थितिको सन्दर्भमा सबै दलहरुबीच सहमती हुन जरुरी छ । सहमती हुन सकिराखेको छैन । कतिपय मुद्दाहरुमा सहमति हुन सकिराखेको छैन । राष्ट्रिय सहमतीको जरुरी छ । तर सहमती हुन सकिराखेको छैन । एउटा या दुईटा दलले चाहँदैमा मात्रै सहमती भईहाल्दैन । यो शान्ति प्रक्रियासँग जोडिएको हुनाले राष्ट्रिय सहमतीको जरुरी छ ।

    कम्तिमा पनि शान्ति प्रक्रियामा सहभागी भएका दलहरुको सहमतीको जरुरी छ । ती दलहरुको सहमती विना यो टुंगिन कठिन छ । यो कामालाई टुंगोमा पर्याउन रुपमा मानव अधिकार संघ, संगठनको कुरा, पीडित परिवारको कुरा आदिआदि रुपमा देखिएका छन । तर सारत कहाँनिर देख्छु त भन्दाखेरी राष्ट्रियता, स्वाधिनता सम्बन्धि मुद्दामा समान बुझाई हुन सकेन । यो आन्तरिक मामिला हो ।

    दलहरुको बीचमा आपसी सहमती गरेर शान्ति प्रक्रियालाई हल गर्नुपर्छ भन्नुपर्छ भन्ने मान्यता, स्थिरता र स्थायित्व कायम गर्दै जानुपर्छ भन्ने मान्यतामा एकरुपता हुन सकेन । त्यसले गर्दा निश्चित रुपमा अहिलेको विश्व परिस्थितिमा कतिपय शक्ति केन्द्रहरु शान्ति चाहँदैन । र भईराखेको शान्तिलाई पनि भंग गरेर अशान्तिको दिशातर्फ जान खोजिराखेको छ ।

    युद्धको दिशातर्फ जान खोजिराखेको छ । सैन्य अष्त्रको होडबाजी, द्वन्द्वको स्थिति, शीतयुद्धको परिस्थितितिर गईरहेको छ । यो स्थितिले गर्दाखेरी विगतमा कालमा शान्ति प्रक्रियालाई हल गर्ने कुरा पनि भईराखेको शान्तिलाई कसरी भडकाएर द्वन्द्वको परिस्थितिमा लैजाने अहिलेका कतिपय शक्ति केन्द्रहरु त्यो दिशातर्फ केन्द्रित छ ।’

    महासचिव गुरुङले दलहरुबीच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend