logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेविसंघका नेता टेकबहादुर विश्वकर्माले दिए बिद्यार्थी गरिव मजदुरलाई राहत

    नेविसंघका नेता टेकबहादुर विश्वकर्माले दिए बिद्यार्थी गरिव मजदुरलाई राहत

    2.8K
    Shares

    काठमाडौं । नेविसंघका नेता टेकबहादुर विश्वकर्माले कोरोना र लकडाउनका कारण अप्ठेरोमा परेकाहरूलाई सहयोग गरेका छन् ।

    उनको प्रयासमा एक हजार २८० जना विद्यार्थी, मजदुर तथा विपन्न वर्गको मानिसका घरमा चुलो बाल्ने बन्दोबस्त गरिदिएका हुन् । काठमाडौंका विभिन्न भागमा पुगेर चामल, दाल, नुन, तेल र मस्याैरालगायतका खाद्य सामग्री उनले उपलब्ध गराएका छन् ।

    एक महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण खासगरी दैनिक ज्याला मजदुरी गर्ने कामदार अप्ठेरोमा परेका छन् । तिनै अप्ठेरोमा परेकाहरूलाई आफ्नो प्रयासले विभिन्न व्यक्तिबाट सहयोग संकलन गरी नेता विश्वकर्माले खाद्य सामग्री उपलब्ध गराएका हुन् । उनले आफूमार्फत सहयोग गरिदिएकोमा धन्यवादसमेत व्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend