logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कार्यदलको बैठकः नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने कांग्रेसको अडान

    कार्यदलको बैठकः नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने कांग्रेसको अडान

    840
    Shares
    कार्यदलको बैठकः नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने कांग्रेसको अडान

    काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले नेपाली कांग्रेसले संसदमा शुरुदेखि उठाएको विषयबाट पछि नहट्ने अडान दोहार्याएका छन् । मंगलवार सिंहदरबारमा भएको सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समितिमा नाम नै किटान गरेर जानुपर्ने अडानमा छ ।

    सो अडानबाट आफूहरु पछि हट्न नसक्ने बताए । उपप्रधानमन्त्री लामिछानेले कांग्रेसलाई संसदमा बोल्ने क्रममा लगाएका आरोपमाथि छानबिन गरेर देखाउन सरकारलाई चुनौति दिए ।

    उनले भने, ‘नेपाली कांग्रेस पार्टीले संसदमा जुन उठाइरहेको विषय थियो, सहकारी अपचलन, दुरुपयोग, हिनामिना र ठगीका बारेमा । हामी जुन अडानमा शुरुदेखि थियौँ र जसका बारेमा छानबिन गर्ने भनेर काँग्रेसले आवाज उठाउँदै आएको थियो, त्यसमा कुने तलमाथि छैन । आज पनि भन्छौँ । संसदमा उपप्रधान एवं गृहमन्त्रीले जे कुरा उठाउनुभएको छ, हाम्रो पार्टीले भनि पनि सकेको छ । कुन विषयमा छानबिन गर्नुपर्ने हो, त्यसमा सरकार खुला रहोस् । त्यसलाई प्रमाणित पनि गरोस् भन्ने हाम्रो भनाइ छ ।

    हामे विगतको अडानमा कुनै तलमाथि छैन । उहाँ छानबिन गर्ने निकायको प्रमुख भएर आएपछि निष्पक्ष छानबिन हुन सक्दैन भनेर छानबिन समिति माग गरेका हौँ । जसलाई आरोप लागेको छ, त्यसका बारेमा छानबिन नगरेर कसको गर्ने ?’

    सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न व्यक्ति नै छानबिन गर्ने निकायको प्रमुख हुनुने निष्पक्ष छानबिन हुन नसक्ने कांग्रेसको भनाइ छ । बैठक सिंहदरबारमा जारी छ । बैठकमा कानूनमन्त्री गिरीसँगै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्की, जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend