काठमाडौँ । मन्त्रीपरिषद्का सदस्य रघुवीर महासेठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सबैभन्दा बढी सम्पत्ति रहेको छ ।
जनकपुर उपमहानगरपालिकामा ४ हजार २ सय वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको विवरणमा उल्लेख छ ।
महासेठकी श्रीमती जुलीकुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ रोपनी, ३ आना जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कठ्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कठ्ठा जग्गा रहेको छ । रघुवीरको नाममा धनुषामा १ बिघा १५ कठ्ठा जग्गा रहेको छ ।
यसैगरी २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १ सय ५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ ।
यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको सेयर रहेको विवरणमा उल्लेख छ ।
यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कठ्ठा जग्गा रहेको छ ।