logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • काठमाडौंका सबै नाकामा कडाई गरिने, जिल्लाभित्रका सबै पास खारेज

    काठमाडौंका सबै नाकामा कडाई गरिने, जिल्लाभित्रका सबै पास खारेज

    2.5K
    Shares

    काठमाडौं, १ जेठ । पछिल्लो समय कोभिड-१९ का संक्रमितहरुको संख्या बढेपछि सरकारले लकडाउनलाई थप कडाई गर्ने भएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान नदिनेगरि सरकारले आफ्नो आदेशलाई अध्यावधिक गरिसकेको छ । आजमात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौं उपत्यकामा सबै नगरपालिकाका मेयरहरु, तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर काठमाडौंमा लकडाउनलाई कडा बनाउन निर्देशन दिएका हुन् ।

    बैठकले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । यो निर्णय आउने शनिबारबाट लागू हुनेछ । छलफलमा महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआईजी विश्वराज पोखरेल र महानगरीय टाफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल समेत सहभागी थिए । एसएसपी ढकालकाअनुसार अब लकडाउन कडाई गर्न र अत्यावश्यक सवारी साधानलाई पनि चेकजाँच गरेर छोड्न गृहमन्त्रीबाट आदेश जारी भएको छ । गृहमन्त्री थापाले काठमाडौं उपत्यका भित्रिने कुनैपनि नाकाबाट सवारी तथा मानिसहरुलाई आउन नदिन पनि निर्देशन दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend