काठमाडौं । चौधरी ग्रुपको सिजी फुड्स नेपाल लिमिटेडको वाइवाइ चाउचाउको व्यापार १४ प्रतिशत बढेको छ । २०२३ मा सिजी फूड्सले ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ व्यापार गरेको छ ।
उद्योगले २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको वाइवाइ चाउचाउ व्यापार गरेको थियो । एक वर्षमा उद्योगको वाइवाइ चाउचाउ व्यापार १ अर्ब १० करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । ६ महिनामा सिजी फूड्सले ४ अर्ब १४ करोड ९० लाख रुपैयाँ व्यापार गरेको छ ।
२०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँको चाउचाउ व्यापार गरेको थियो । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न सिजी फूड्स पब्लिक लिमिटेड कम्पनीमा परिणत भइसकेको छ । कूल आम्दानीमा ७१ प्रतिशत हिस्सा नुडल्स सेग्मेन्टको रहेको छ । यस्तै ६ महिनामा नुडल्स सेग्मेन्ट बढेर ७४ प्रतिशत पुगेको छ ।
उद्योगले ९९ करोड ५५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उत्पादन, व्यापार, अटोमोबाइल, सिमेन्ट, आतिथ्य सत्कार, घरजग्गा, र वित्तीय सेवा क्षेत्र समूहको लगानी छ ।
सीजी फुड्स चौधरी समूह अन्तर्गतको सबैभन्दा पुरानो उद्योग हो । फूड्सले फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) उत्पादनहरू जस्तै तयारी चाउचाउ, पेय पदार्थ, एक्स्टरुडेड स्न्याक्सलगायत उत्पादन गर्दछ ।
सन् १९८४ देखि काठमाडौंमा पहिलो कारखानाले थाईसँग प्राविधिक सहकार्यमा व्यावसायिक सञ्चालन सुरु गरेको हो । उद्योगको रियो फ्रुटी क्विक्स र यसको प्रमुख ब्राण्ड वाइवाइ रहेको छ ।
सीजी फुड्समा ७६ प्रतिशत सेयर निर्वाण चौधरी, अपोलो इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको २० प्रतिशत वरुण चौधरी ४, राहुल चौधरी ०.२ प्रतिशत छ ।