जेठ १, चितवन । चैत्र २९ गतेदेखि विपन्न, बेसाहारालाई सुनचांँदी व्यवसायहरुले बिहीबार ३४ औं दिनसम्म पनि खाना खुवाउने अभियानलाई निरन्तरता दिएका छन । आफ्नै व्यवसाय धराप र मारमा परिरहेका बेला मानवीय धर्म पूरा गर्ने उद्धेश्यले उनीहरुले खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन । उद्योग वाणिज्य संघ। चितवनको परिषरमा व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई दैनिक एकछाक खाना खुवाउंँदै आएका छन ।
लकडाउनको समयमा एकछाक खाना खानसमेत नपाएर भौतारिएका , विपन्न, बेसाहारा, मजदुर सडक बालबालिकाहरुलाई खाना खुवाउंँदै आएको सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताउनु भयो । “लकडाउनको समयमा हरेक मजदुर,बेसहाराको रोजी रोटी खोसिएको छ , उनीहरुको पीडामा मलम लगाउने उद्धेश्यले हामी यो अभियान शुरु गरेका हौं ।’ केन्द्रीय उपाध्यक्ष रामुदामुले भन्नुभयो । उहांँका अनुसार दैनिक २५० जना सम्मलाई खाना खुवाईदै आएको छ । व्यवसायीहरु आफै पीडामा रहेर पनि यस अभियानलाई निरन्तरता दिन पाउंँदा आफूहरुलाई आनन्द मिलेको उहांँले बताउनुभयो । ‘खान पुगोस, दिन पुगोस, अभियानका संयोजक समेत रहेका रामुदामुले भन्नुभयो, मानव सेवा जस्तो धर्म अरु छैन ।’ हालसम्म ५ हजार ७ सय ४५ सेट खुवाईसकिएको छ भने लकडाउन अवधिभर यो कार्यलाई निरन्तरता दिइने संयोजक रामुदामुको भनाई छ ।
नेपाल सुनचांँदी व्यवसायी संघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा अभियान शुरु गरिएको हो । यो अभियान लकडाउनको अवस्था, समय अनुसार परिमार्जित हुने बताईएको छ ।
राज्यले समेत त्यस्ता व्यक्तिहरुलाई वेवास्ता गरिरहेको बेला व्यवसायीहरुले व्यवसायीक धर्म निर्वाह गर्ने उद्धेश्यले खाना खुवाउने अभियान शुरु गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष , चितवन चेम्बर अफ कर्मसका सदस्य युवा उद्यमी रुवीन रामुदामुले बताउनु भयो । ‘यतिबेला राज्यसमेत ती वर्गप्रति बेखबर छ, महामारीको बेला सहयोग गर्नु हाम्रो दायित्व पनि हो । यसले समाजमा सकारात्मक सन्देश पनि जाओस ।’ युवा उद्यमी रामुदामुले भन्नुभयो ।
चितवनमा हालसम्म लगातार ३४ दिनसम्म खाना खुवाउने अभियानलाई सुनचांँदी सम्बद्ध व्यवसायीहरुले निरन्तरता दिदै आएका हुन । हाल शहर केन्द्रीत रहेर नारायणगढमा खाना खुवाईने गरेपनि दैनिक त्यस्ता व्यक्तिहरुको संख्या बढ्दै गईरहेको संघका कोषाध्यक्ष निलेमान शाक्यले बताउनु भयो । ‘पहिलो दिनमा सय जनाको हाराहारीमा मात्र थिए,कोषाध्यक्ष शाक्यले भन्नुभयो , अहिले दैनिक २सय ५० जनासम्मले खाना खाएका छन ।’ उहांँका अनुसार दैनिक व्यवसायीहरु खटिएर कोरोना सुरक्षा मापदण्ड अपनाई खाना खुवाईएको छ । यो अभियान जेठ ५ गतेको लकडाउन सम्म ३८ औं दिन हुदैछ ।