logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कोरोना संक्रमित अस्पतालबाट भागे सुरक्षाकर्मीले गोली समेत हान्‍न सक्ने

    कोरोना संक्रमित अस्पतालबाट भागे सुरक्षाकर्मीले गोली समेत हान्‍न सक्ने

    2.2K
    Shares

    २ जेठ, काठमाडौं । कोरोना भाइरसले संक्रमित भइ उपचार गराईरहेका बिरामी अस्पतालको आइसोलेशनबाट भागे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोलीसमेत हान्न पाउने भएका छन्।

    बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमित भई अस्पतालको आईसोलेशनमा उपचारको लागि अस्पतालमा भर्ना भएका संक्रमित भागेको खण्डमा त्यस्ता संक्रमितलाई नियन्त्रण्मा लिन अधिकतम बल प्रयोग गरिने तथा सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने अधिकार प्रदान गर्ने जिल्ला संकट व्यस्थापन समिति पर्साले त्यस्तो अधिकार दिएको हो।

    पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छन्। ‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्।

    गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए।

    प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend