सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, ५ अर्ब ६८ करोड माथिकाे काराेबार

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, ५ अर्ब ६८ करोड माथिकाे काराेबार

काठमाडौं । साताको चौंथो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । बुधवार सेयर बजार १५.५४ अंकले बढेरको छ । आज नेप्से परिसूचक २१३१.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज बैंकिङ्ग समूह ४८.४४ अंक, विकास बैंक १३.७२ अंक, होटेल तथा पर्यटन ९८.३४ अंक र म्युचुअल फन्ड ०.०६ अंकले बढेको छ ।

आज सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एनएमबी बैंकको ८.४, कृषि विकासको ७ तथा नबिल बैंकको ६.८८ प्रतिशत मूल्य बढ्यो ।

मंगलबार ५ अर्ब २० करोड बढीको सेयर खरिदबिक्री भएकाेमा आज भने बढेर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ४२१ कित्ता सेयर किनबेच भएको छ ।

आज नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको २४ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको पनि २१ करोड १२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, सिइडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख ३९ हजार, फर्स्ट माइक्राफाइनान्सको १७ करोड ५३ लाख ३६ हजार, नबिल बैंकको १५ करोड ५० लाख ७२ हजार, एनआइसी एशिया बैंकको १२ करोड ७३ लाख ८५ हजार र हिमालयन रिइन्स्योरेन्सको ११ करोड १८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन बीमा ०.५९, हाइड्रोपावर ०.८८ र फाइनान्स समूह १.३४ प्रतिशत घटे ।

मानुषी लघुवित्तको ८, मध्यभोटेकोशीको ६.६, समाज लघुवित्तको ५.३, पिपुल्स पावरको ४.८, रिभरफल्स पावरको ४.७ प्रतिशत मूल्य घट्यो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend