logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछुः स्वास्थ्यमन्त्री यादव

    सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछुः स्वास्थ्यमन्त्री यादव

    777
    Shares
    सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछुः स्वास्थ्यमन्त्री यादव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरुको सेवामा सुधार ल्याउने बताएका छन् । बुधवार अपरान्ह स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकमीमाझ उहाँले सो प्रतिक्रिया दिएका हुन् ।

    उनले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरुको अनुगमनको काम शुरु गरेको उल्लेख गर्दै सबै अस्पतालहरुको अनुगमन गरी सुधार गर्ने दृढता व्यक्त गरे । त्यस क्रममा मन्त्री यादवले समयमै आफ्नो ड्युटीमा नआउने चिकित्सकहरुलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

    त्यस क्रममा उनले तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सो अस्पतालबाट धेरै जनशक्ति हटाएको विषयमा चासो व्यक्त गर्दै त्यसबारे पनि खोजी गर्ने बताए । मन्त्री यादवले सेवाग्रहीलाई सहज सेवा उपलब्ध गराउन पनि वीर अस्पतालको व्यवस्थापनलाई सचेत गराए । मन्त्री यादवसहितको टोलीले अस्पतालको आकस्मिक सेवा, सर्जरी सेवा, फार्मेसी सेवालगायतको अनुगमन गरेको हो ।

    अनुगमनपछि मन्त्री यादवले भने, ‘समयमा नआउने र समय नभई हाजिर गरेर बाहिर जाने डाक्टरसावहरुलाई इमिडेटली कारबाही गर्ने । यहाँको समस्याहरु बुझियो । विरामीको चाप पनि बुझियो । बिरामीको समस्या पनि बुझियो । र वीर अस्पतालको जुन भौतिक संरचनालगायतको कुरा छ । जनशक्तिको बारेमा पनि बुझियो । यसमा खास गरेर जनशक्तिको पनि धेरै कमी रहेछ । सेवाग्राहीलाई समय लाग्ने, औषधि नि पनि घण्टौं समय लाग्ने । विमाका साथीहरु आउँदा पनि सबै औषधिहरु नपाउने । अनि, इमर्जेसन्सीमा पनि त्यत्तिकै चाप छ ।

    यी सबैले गर्दा निश्चित रुपमा स्वास्थ्य मन्त्रालय यस विषयमा गम्भिर भएको छ । र यसलाई कसरी सुधार गर्ने ? त्यो विषयमा हामीले मन्त्रालयमा बसेर हाम्रो टिमसँग छलफल गरेर निष्कर्षमा पुग्छौं । म अनुगमन गर्न आएको छु । जे समस्या देखेको छु, त्यसको कार्यान्वयन गरेर देखाउँछु । त्यही अठोटका साथ काम काम गरिराखेको छु । त्यसकारण मैले वीर अस्पतालबाट शुरु गरेँ । किनकी देशभरका बिरामीहरु यहाँ आउने हो । देशभरीको चाप पनि यहाँ परेको हुनाले निश्चित रुपमा वीर अस्पतालबाट पहिले सुधारको शुरुवात गरौं । अनि, बाँकि सबै अस्पतालमा पनि सुधारको सुरुवात गर्ने हो ।

    तर कहीँबाट सुरु त गर्नुपर्छ । त्यसकारण मेरो शुरुवात नै वीर अस्पतालबाट भएको छ । र यहाँ नया बिल्डिङ पनि बनेको छ । तर जनशक्ति छैन । हिजोको दिनमा पनि धेरै जनशक्ति यहाँबाट हटाइयो । के कारणले हटाइयो ? त्यो विषयमा पनि म बुझ्छु । र, यसलाई मैले गम्भिरतापूर्वक लिएको छु । मेरो मनले भन्छ–म यो कार्यान्वयन गरेर देखाउँछु ।’

    त्यस अवसरमा मन्त्री यादवलाई अस्पतालका उपकुलपति प्रा. डा भूपेन्द्रकुमार बस्नेतलगायतका पदाधिकारीहरुले अस्पतालको सेवाको अवस्था र त्यसका लागि प्रवन्ध गर्नुपर्ने व्यवस्थाका विषयमा जानकारी गराएका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend