logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • धादिङ सदरमुकामका औषधि सेवाबाहेकका सबै पसल बन्द

    धादिङ सदरमुकामका औषधि सेवाबाहेकका सबै पसल बन्द

    2.1K
    Shares

    धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी बजार पूर्ण रुपमा बन्द भएको छ । सदरमुकामलगायत नगर क्षेत्र कोरोना संक्रमणमुक्त गराउन भन्दै नीलकण्ठ नगरपालिका वडा नं ३ ले औषधीपसल बाहेकका अत्यावश्यक सेवाभित्र पर्ने सबै सेवाहरु बन्द गरेको छ ।

    शुक्रबार नीलकण्ठ नगरपालिका वडा नं ३, टोलसुधार महासमिति, धादिङ उद्योग बाणिज्य सङ्घ, धादिङ चेम्बर अफ कमर्स, विभिन्न टोल सुधार समितिका पदाधिकारी तथा व्यापारीहरुको संयुक्त बैठक बसी औषधि बाहेकका अन्य अत्यावश्यक सेवाहरु समेत बन्द गर्ने निर्णय गरेको हो ।

    धादिङमा तीन महिनालाई पुग्ने खाद्यान्न सामाग्री रहेको भन्दै नीलकण्ठ–३ का वडाध्यक्ष होमनाथ रिजालले कोही भोकै मर्ने अवस्था आयो भने तत्काल प्रहरीको रोहवरमा खाद्यान्न पसल खोल्न लगाई खाद्यान्न उपलब्ध गराइने प्रतिबद्धता जनाए ।

    बैठकले आज शनिबार देखि जेष्ठ १० गतेसम्म धादिङबेसीमा सुरक्षा निकायको सवारी साधन, एम्बुलेन्स, शव वहान र पत्रकारका सवारी साधन बाहेकका कुनै पनि सवारी साधन चल्न नदिइने निर्णय गरेको छ ।

    धादिङबेशी आसपासका क्षेत्रमा उत्पादन भएको र सवारी साधन प्रयोग नगरी ल्याइएको तरकारी र दुध हरेक दिन बिहान ७ बजेसम्म मात्रै बिक्री वितरण गर्न पाउने निर्णय पनि गरिएको छ । निर्णय कार्यान्वायन गर्न अटेर गरी उलङ्घन गरेमा टोलसुधार महासमितिको सहयोगमा स्थानीय प्रशासनले सम्बन्धित व्यक्ति तथा सवारीसाधनलाई न्युनतम मापदण्ड पूरा गरी अनिवार्य क्वारेन्टइनमा राख्ने र नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीको एक घरको एक जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्र बहादुर खत्रीले जानकारी दिए ।

    अहिले औषधी पसल तथा अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । बजारमा कुनै पनि पसल खुलेका छैनन् । लामो समयको लकडाउनका कारण विहान किनेर बेलुका खानेहरु खाद्यान्न पसलहरु बन्द भए सँगै थप मर्कामा परेका छन् ।

    बैठकले गरेका निर्णयहरु :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend