logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कोरोना संक्रमणको आशंका गरिएको सुत्केरी महिलाको मृत्यु धुलिखेल अस्पताल सिल

    कोरोना संक्रमणको आशंका गरिएको सुत्केरी महिलाको मृत्यु धुलिखेल अस्पताल सिल

    2.4K
    Shares

    काभ्रे : कोरोना संक्रमणको आशंका गरिएको विरामीको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो ।

    शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

    विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको छ । धुलिखेल अस्पतालले विरामीमा कोरोना संक्रमण भए नभएको प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend