काठमाडौं : नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका एक जना र काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।
संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशका २६ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
अहिलेसम्म कोरोना भाइरसको आशंकामा २४ घण्टाको अवधिमा २ हजार ५सय ७९ स्वाबको परीक्षण गरिएको छ भने २६ हजार ६ सय ९१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै, अहिलेसम्म ६५ हजार ७ सय ३९ जनाको आरडीटी परीक्षण गरिएको छ ।