मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सिंहदरबारमा कार्यदलको बैठक सुरु

सिंहदरबारमा कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । आज बिहान ८ बजे बस्ने भनिएको बैठक ढिला गरि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।

हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज पुनः बैठक बसेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend