बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सुनको मूल्य निरन्तर ओरालो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य निरन्तर ओरालो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर अहिले २३ सय ७३ डलर कायम भएको छ । यसको असर नेपाली बजारमा परेको हो । लगातार बढेको सुनको भाउमा थोरै करेक्सन भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । उनले यो घटाइ दीर्घकालिन नभएकाले फेरि सुनको भाउ बढ्ने संभावना रहेको जानकारी दिए ।

डलर कमजोर भइरहेको र लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्र ठानेर लगानी बढाएपछि विश्व बजारमा सुनको मूल्य बढेको थियो । छिट्टै २५ सय डलर पुग्ने अनुमान गरिएको छ । केन्द्रीय बैंकहरुले धमाधम सुनको सञ्चिती बढाउँदा यसको असर विश्व बजारमा परेको बताइएको छ ।

यो पनि हेर्नुहोस

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको कति ?

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend