मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर (रुपन्देही)ले सुरक्षाकर्मीको लागि पाँच सय थान मास्क प्रदान गरेको छ । फ्रन्टलाइनमा रहेर लकडाउनलाई व्यवस्थित गर्न खटिएका सुरक्षाकर्मीका लागि मास्क उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष रविकुमार रौनियारले जानकारी दिए ।
फाउण्डेशनको प्रथम स्थापना दिवसको अवसर पारेर अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले मास्क प्रदान गरिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापालाई शनिबार (३ जेठ) उक्त मास्क हस्तान्तरण गरिएको हो । फाउण्डेशनले स्थापनाकालदेखि नै जम्मा २५ रुपैयाँमा शाकाहारी खाना खुवाउने तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।