बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली कांग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि कांग्रेसले उठेर अवरोध जनाएपछि बैठक आईतवार बिहान ११ बजेसम्मका लागि स्थ्गित भएको सभामुख घिमिरेले घोषणा गरे ।

उनले विधिसम्मत रुपमा बोल्ने व्यवस्था सदनमा हुने गरेको र बोल्ने वातावरण सत्ता पक्ष र प्रतिपक्ष सबैले बनाउनुपर्ने बताए । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको छ । छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने कांग्रेसले बताएको छ ।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend