logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल बन्द

    धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल बन्द

    1.1K
    Shares
    धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल बन्द भएको छ । विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको हो ।

    धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनका अनुसार उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ र खाल्डो पुर्ने गर्ने काम भइरहेको छ ।

    धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परेको हो । अहिले काठमाडौं आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका छन् ।

    खाल्डो मर्मत गर्न र मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेकाे प्रवक्ता झाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend