logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल

    तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल

    812
    Shares
    तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको बताए । उनले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए । उनले तेक्वान्दो छोरीहरुलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरु कम हुने बताए । उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताए । उनले जिल्ला, पालिकाहरुमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरु छन् । महिला हिंसाका घटनाहरु भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरुमा खास गरी महिलालाई, छोरीहरुलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’

    अध्यक्ष नेपालले खेलले सामुहिकताको भावना बढाउने बताए । उनले खेलबाट अनशासित हुन, मेहनती हुन प्रेरित हुने बताए । उनले खेललाई प्रोत्साहन दिनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend