काठमाडौँ । चीनको जिलिनमा भूतपूर्व वन फार्मकर्मीले २७ वर्षमा ३० हजारभन्दा बढी रुख रोपेका छन् ।
लिउ सियाओगुआङ जिलिनमा वन फार्म मजदुरको रूपमा काम गर्ने गर्थिए । उनले सन् १९९७ मा रुख रोप्ने प्रयास शुरु गरेका थिए ।
जबसम्म खुला ठाउँ रहन्छ आफू रुख रोपिरहने उनले बताए । पशुपंक्षीको रक्षा गर्नु मानिसको दायित्व भएको उनकोे भनाई छ ।
झन्डै तीन दशकपछि लिउले रोपेका रुखहरू हरियाली वनमा परिणत भएका छन् । जसले प्रत्येक वर्ष १० हजार भन्दा बढी प्रवासी चराहरूलाई गुँड र प्रजनन गर्न आकर्षित गर्दछ ।