logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गर्यो, सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौँः अध्यक्ष केसी

    सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गर्यो, सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौँः अध्यक्ष केसी

    511
    Shares
    सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गर्यो, सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौँः अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रश्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र गरिरहेको बताएका हुन् ।

    उनले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताए ।

    उनले भने– ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’

    उनले सत्ताधारीको दुर्दशा रहेको टिप्पणी गर्दै त्यसको पनि राष्ट्रिय जनमोर्चाले विरोध गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend