काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रश्तुत गर्नुभएको आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । सभामुख घिमिरेले प्रतिनिधि सभाको मंगलवार १ बजेका लागि बोलाए ।
सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।