logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सरकारको नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा

    सरकारको नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा

    651
    Shares
    सरकारको नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रको सुधार हुनेगरी आएको बताएका हुन् ।

    उनले पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन र सामाजिक सेवा प्रवाहमा सुधार हुनेगरी नीति तथा कार्यक्रम रहेको पनि बताए । त्यस्तै सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरुलाई नीति तथा कार्यक्रमले अगाडी सारेको पनि बताए ।

    उनले भने– ‘सरकारले ल्याएको नीति, कार्यक्रमले विशेषगरी संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रका सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवद्र्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुराहरुलाई अगाडी सारेको छ ।

    सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहलाई सारभुत र आम जनताले अनुभुत गर्न सक्ने सुधार गर्न शान्ति प्रक्रियालाई शिघ्र तार्किक निष्कर्षमा पर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न अगाडी सारिएका यि महत्वपूर्ण नीतिहरु पार्टी विशेषका भन्दापनि आम नेपाली जनताको आवश्यकताका कुराहरु हुन् । र हामी सबै राजनीतिक दलका साझा मुद्दाहरु हुन् ।

    यि राजनीतिक दलका साझा मुद्दाहरुलाई हामीले आत्मसात् गरेर एउटा सहमतीबाट देशलाई अगाडी बढाउने, सहमतीबाट मात्रै समृद्धिको बाटो खुल्ने छ । हामी सुशासन स्थापना गर्नेछौँ । र जनताको आक्रोश र आवश्यकताहरुलाई सम्बोधन गर्न सक्नेछौँ । अन्यथा देशमा राजनीतिक संकट, समस्या, चुनौतीहरु खडा भइरहेका छन् । भोली पश्चाताप गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । फेरि पनि यो नीति, कार्यक्रमले अगाडी सारेका सार कुरा मैले बताएँ ।’

    नीति तथा कार्यक्रमले शान्ति प्रक्रियालाई शिघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्दै राष्ट्रिय हित, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने पनि उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend