logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गृहमन्त्रीको नाम उल्लेख गरेरै छानविन समिति बन्ने कुराबाट पछि हट्दैनौँः कांग्रेस

    गृहमन्त्रीको नाम उल्लेख गरेरै छानविन समिति बन्ने कुराबाट पछि हट्दैनौँः कांग्रेस

    693
    Shares
    गृहमन्त्रीको नाम उल्लेख गरेरै छानविन समिति बन्ने कुराबाट पछि हट्दैनौँः कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ ।

    आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक कांग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताएका हुन् । उनले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताए । उनले सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको आरोप पनि लगाए ।

    उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग संवद्ध पदाधिकारीहरुलाई छानविनको दायरामा नल्याएसम्म कांग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे । उनले कार्यादेशमा सहमती भएर संसदीय छानविन समिति बनेन भने बजेट प्रश्तुत हुँदापनि आफूहरुको आन्दोलन जारी रहने बताए ।

    उनले भने– ‘कार्यदल बैठकमा कांग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ छौँ । कार्यदलको बैठकमा नेपाली काँग्रेसले उठाउँदै आएको विषयमा सत्तापक्षले के भनेको छ भने हामी रवि लामिछानेको नाम राखेर टिओआर बनाउन हामी असमर्थ छौँ । हाम्रो बटमलाइन त्यही नै हो भनेर पटक–पटक भन्नुभयो । तर अन्य कुरामा सहमत छौँ भनेर उहाँहरुले भन्नुभयो । हामी नजिक पुगेका छौँ पनि भन्नुहुन्छ । तर एकपछि अर्को र पछिल्लो दिनमा आइपुग्दा अन्य शब्दावलीमा उहाँहरु खेलिरहनु भएको छ ।

    त्यसकारण नेपाली काँग्रेस पार्टी जहाँ अडिएको छ, रवि लामिछाने हिजो कार्यरत रहेको गोर्खा मिडिया नेटवर्कमा जुन खालको अपचलन भयो भनेर विपक्षी दलले उठाएको छ । उठाएको अडानमा त्यहीँ छौँ । जबसम्म गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको, त्यहाँ भएका पदाधिकारीहरु, त्यहाँ भएका व्यक्तिहरु जो-जो छानविनको दायरामा ल्याउनुपर्छ, त्यो छानविनको दायरामा नल्याएसम्म नेपाली कांग्रेसले मान्नेवाला छैन । यदि सत्तापक्षले टिओआरमा सहमती गर्यो । भोलिसम्म सहमती गरेर टिओआर बनेर छानविन समिति बन्यो संसदबाट भने सहज ढंगबाट बजेट आउँछ । होइन भने हाम्रो विरोध जारी रहन्छ । विपक्षी उभिँदा पनि संसद चलाउनु लोकतन्त्रकै उपहास हो ।’

    नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरु पछि नहट्ने बताइन् । उनले गृहमन्त्रीमाथि छानविन गर्न समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन् । उनले सडक आन्दोलन समेत शुरु भएको जानकारी दिइन् ।

    उनले भनिन् – ‘प्रतिपक्षलाई मर्यादापालकको घेराबन्दीमा राखेर, जर्बजस्ती दादागिरीको भरमा जसरी आज नीति तथा कार्यक्रम पास भयो । दुःखद् कुरा भएको छ । पीडितहरु आन्दोलित हुनुहुन्छ । हामी जनताको पक्षमा छौँ । अब हामी सडकमा पनि जादैछौँ । जबसम्म जनताको लाखौँ वचत अपलचन भएको छ, त्यो जबसम्म फिर्ता हुँदैन । गृहमन्त्रीको छानविन समिति जबसम्म गठन हुँदैन । तबसम्म नेपाली कांग्रेस पार्टी कुनै हालतमा पछाडी हट्दैन ।’

    नेपाली कांग्रेसकी सांसद रमा कोईराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाएकी छन् । वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बिपी कोईरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बिपीको नाम लिनु गलत भएको । बतायन् । उनले सहकारी ठगलाई बिपी कोईरालाको नाम लिने अधिकार नभएको बताइन् ।

    उनले भनिन्– ‘बिपीको नाम लिन सबैको अधिकार छ । तर बिपीले सहकार्य शुरुवात गर्दाखेरी जुन अवधारणाले सहकार्यको शुरुवात गर्नुभएको थियो । त्यो अवधारणा आज देखिएको छ त ? जो सहकारी ठगहरुको मतियार हुनुहुन्छ, उहाँले रोष्टममा बिपीको नाम लिनु भनेको त्यो अत्यन्तै गलत भएको छ । सहकारी ठगहरुलाई बिपीको नाम लिने अधिकार छैन है । आज स्वर्णिमजीले नाम लिनुभयो । उहाँ सहकारी ठगको मतियार हो ।’

    उनले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानविन समिति नबनेसम्म कांग्रेसको आन्दोलन जारी रहने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend