logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुलुकको सूचना बेच्नेलाई गृहमन्त्रीले तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ : प्रमुख सचेतक शाही

    मुलुकको सूचना बेच्नेलाई गृहमन्त्रीले तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ : प्रमुख सचेतक शाही

    1.1K
    Shares
    मुलुकको सूचना बेच्नेलाई गृहमन्त्रीले तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ : प्रमुख सचेतक शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

    आईतवार संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरेका हुन् ।

    उनले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिनुभएको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । उनले गृहमन्त्रीले काम गर्न संंसद कुर्नु नपर्ने बताए ।

    उनले भने,‘गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुपर्यो । त्यस्तो मान्छे समाउन ढिला भयो । गृहमन्त्रीले काम गर्न संसद कुर्नुपर्छ भन्ने हुँदैन । गृहमन्त्रीज्युलाई अनुरोध के छ भने संसदमा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ । उहाँलाई पक्राउ गरिहाल्नुप¥यो । बोल्नुभएन बोलेपछि पक्राउ गर्नुपर्यो । ४ वटा फाइल खोल्ने भन्नुभएको थियो । फाइल भ्याटभ्याट खोलि हाल्यौं । छानविन समिति बनायौं ।’

    उनले संसदमा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो तत्काल फाइल खोल्न आग्रह गरे । उनले सहकारी छानविन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend