logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

    सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

    861
    Shares
    सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले यस्तो आरोप लगाएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताए । नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरु, वचतकर्ताहरुको वचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको बताए ।

    उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए । उनले सही ढंगबाट छानबिन हुनुपर्ने काँग्रेसको माग रहेको बताए ।

    उनले भने, ‘हामी अत्यन्त गम्भीर भएका छौँ । नेपाली कांग्रेस पार्टीले लामो समयदेखि अघिल्लै सदनदेखि नै लाखौँलाख सहकारी पीडितहरु, वचतकर्ताहरुको वचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खोजेका छन् । पहिलो प्राथमिकता त्यसमा छ । सहकारी विभागले समस्याग्रस्त सहकारीको सूचि सार्वजनिक गर्ने, हिजोआज पनि कयौँ सहकारीले अर्बौं रकम अपचलन गरेको भनेर सञ्चारमाध्यममा सुन्नु परिरेहेको छ ।

    अहिले ५/६ दर्जन सहकारी संस्थाहरुले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ । लाखौँ लाख वचतकर्ताहरुको रकम कसरी वचतकर्ताहरुको हातमा पुग्छ, पहिलो प्राथमिकता छ । हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् ।

    त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो । सत्ता पक्षले प्रस्तावमा सकारात्मक छाैँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ । हामीले जनताको वचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छाैँ । प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।’

    उनले सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाँै भन्ने तर गलत व्याख्या गर्ने गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend