logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब ८९ करोडकाे कारोबार

    शेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब ८९ करोडकाे कारोबार

    658
    Shares
    शेयर बजारमा सामान्य बृद्धि, ३ अर्ब ८९ करोडकाे कारोबार

    काठमाडौं । सोमबार नेप्से ३.९३ अंकले बढेको छ । नेप्से आज ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा पुगेको हो ।

    आज कारोबारमा आएका २४७ कम्पनीमध्ये १४९ वटाको शेयरमूल्य बढेको छ । ९० कम्पनीको शेयरमूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन् ।

    सोमबार ९३ लाख ३० हजार कित्ता शेयर ३ अर्ब ८९ करोड बराबर रुपैयाँमा कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४० लाख रुपैयँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै बुद्ध भुमि नेपालका लगानीकताले १० प्रतिशतका दरले गुमाएका छन् ।

    बजारमा रहेका १३ उपसमूहमध्ये आज बैंकिङ सबइन्डेक्स, होटेल एण्ड टुरिजम इन्डेक्स र नन लाइफ इन्स्योरेन्सबाहेक अन्य उपसमूहको सूचक बढेका छन् ।

    आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend