logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कोभिड-१९ का कारण विश्वभर ३ लाख १० हजारभन्दा धेरैको मृत्यु

    कोभिड-१९ का कारण विश्वभर ३ लाख १० हजारभन्दा धेरैको मृत्यु

    1.4K
    Shares

    विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ लाख १० हजार नाघेको छ भने सङ्क्रमित भएकाको सङ्ख्या ४६ लाख  भन्दा धेरै रहेका छन।

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्रै ८८ हजारले ज्यान गुमाएका छन् । साढे चौध लाखभन्दा धेरै व्यक्ति अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन।

    यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प पुनः चीनप्रति आक्रोश पोखेका छन् । ट्वीट गर्दै ट्रम्पले भनेका छन्– ‘आखिर के कारण हो कि हामीभन्दा धेरै जनसङ्ख्या भएर पनि चीनले विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसंघ र विश्व व्यापार सङ्गठनमा निकै कम डलर प्रदान गर्छ ? जबकि कथित तवरमा उ ‘विकाससील मुलुक’ हो ।’

    उता इटालीले लकडाउन खुकुल्याउनुका साथै आगामी ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । प्रधानमन्त्री जुजेप्पे कान्टेले सम्भावित खतराको आँकलन गरेर नै यस्तो नीति अघि सारिएको बताएका छन् । उनले यही मे महिनाको २५ तारिखदेखि स्पोर्टस् सेन्टर, स्विमिङ पुल, जिमखाना र १५ मे देखि नै सिनेमाघर तथा थियटरहरू सञ्चालन गरिने घोषणा गरेका छन् । ४ मे देखि नै इटालीमा फ्याक्ट्रीहरू खुल्ला गरिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend