बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सुनको मूल्य बढ्यो, यतिमा हुँदैछ काराेबार

सुनको मूल्य बढ्यो, यतिमा हुँदैछ काराेबार

काठमाडौं । मंगलबार सुनको भाउ बढेकाे छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज तेजावी सुन पनि ४ सय रुपैयाँले नै बढेर तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend