काठमाडौँ । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।
मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।