logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

    बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

    791
    Shares
    बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

    बैतडी । बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो ।

    जिल्लाका १२ हजार आठ सय ३५ बालबालिकालाई आइपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ भट्टले जानकारी दिए । उनका अनुसार जिल्लाभित्र विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मेका बालबालिकालाई खोप लगाइने छ ।

    देशभरि सञ्चालन भइरहेको खोप अभियान बैतडीमा भने भोलिदेखि जेठ २३ गतेसम्म हुने भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिष भट्टले जानकारी दिए । खोप अभावका कारण यसअघि छुटेका बालबालिकालाई पोलियोको जोखिम हुने भएकाले अभियान सञ्चालन गरी सबैलाई खोप लगाउने तयारी भएको उनको भनाइ छ ।

    नजिकको खोप केन्द्रमा गएर आफ्ना बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend