
भारतले नेपाललाई तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सकिने परिमाणमा प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीट प्रदान गरेको छ।
दातापक्षले जनाएको छ ।
ज्ञातव्य छ, गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका थिए । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम् जनताबीचको जारी सहकार्यलाई दर्शाउने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गत ०७६ चैत्र २ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका नेताहरूसँग भिडियो कन्फरेन्स गरेसँगै यस किसिमका कार्यको पहलकदमी आरम्भ भएको उल्लेख गर्दै वर्तमान चुनौतीको घडीमा भारत सरकारले नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउने पनि सो विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend