logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा खटाइदै

    ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा खटाइदै

    2.2K
    Shares
    ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा खटाइदै

    काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्नेलाई आजदेखि स्वयंसेवकका रुपमा सवारी व्यवस्थापनका लागि सडकमा खटाउन सुरु गरिएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज ६ सय ४ जना ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई स्वयसेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका ६ सय ४ जनालाई आज बिहान ९ बजेदेखि बेलुकी ५ बजे सम्म स्वयसेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएको छ ।

    सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतका ठाउँमा उनीहरुलाई खटाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend