logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सहकारी पीडितलाई तत्काल ५ लाख सम्मको बचत फिर्ता गराउने अर्थमन्त्रीकाे प्रतिबद्धता

    सहकारी पीडितलाई तत्काल ५ लाख सम्मको बचत फिर्ता गराउने अर्थमन्त्रीकाे प्रतिबद्धता

    581
    Shares
    सहकारी पीडितलाई तत्काल ५ लाख सम्मको बचत फिर्ता गराउने अर्थमन्त्रीकाे प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार संसद्मा प्रस्तुत गरिएको बजेटबारे बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    अर्थमन्त्री पुनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।

    उनले भने, ‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ, सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो ।’

    पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।

    उनले सहकारी नियमन निकाय गठन गर्ने र मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend