सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सेयर बजारमा भारी गिरावट, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

सेयर बजारमा भारी गिरावट, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

काठमाडाैँ । आज सेयर बजारमा भारी गिरावट भएको छ । आज सेयर बजार नेप्से परिसूचक २३.८१ अंकले घटेर २,०८९ को विन्दुमा कायम भएको छ ।

बुधबार ५६ कम्पनीको सेयर मुल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।

कुल ५६ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो । उत्पादन समूहको सूचक सबैभन्दा धेरै २.६८ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.१३, ब्यापार ०.६९ तथा फाइनान्स समूह ०.१४ प्रतिशत घटे ।

बैंकिङ समूहको सूचक सबैभन्दा धेरै २.९४ प्रतिशत घट्यो । विकास बैंक १.११, हाइड्रोपावर ०.११, लगानी ०.८३, जीवन बीमा १.३०, माइक्रोफाइनान्स १.७१, निर्जीवन बीमा ०.९६ र अन्य समूह ०.७० प्रतिशत घट्यो ।

आज ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

पोखरा फाइनान्सको १९ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । सिइडिबी हाइड्रोपावरको १९ कोड २७ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहरे खोला र भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज बुद्ध भुमि नेपालका लगानीकर्ताले ९.४१ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend