सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अजुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ ।

हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ रहेकाेमा आज बढेर १ लाख ३९ हजार ८५० रुपैयाँ कायम भएकाे छ ।

यस्तै बिहीबार चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend