एजेन्सी । ग्रिस र कतारले आर्थिक मोर्चामा जोड दिएर धेरै क्षेत्रहरूमा सहयोग सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कतारी अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्दै ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भ्रमण वास्तवमै सम्बन्धलाई अझ बलियो बनाउन महत्वपूर्ण भएको बताए ।
मित्सोटाकिसले गाजा पट्टीमा शत्रुताको तत्काल अन्त्य र बन्धकहरूको रिहाइको आवश्यकता दोहोर्याए र मानवीय त्रासदीको बारेमा बढेको चिन्ता व्यक्त गरे ।
दुवै पक्षले सैन्य सहयोगसम्बन्धी सम्झौता र दुई परराष्ट्र मन्त्रालयबीच आपसी हितका विषयमा राजनीतिक छलफलका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
ग्रिसका राष्ट्रपति काटेरिना साकेलारोपौलोसँगको भेटमा दुवै पक्षले इजरायल–प्यालेस्टाइन मुद्दाको दुई–राज्य समाधानको पक्षमा साझा अडान दोहोयाए ।