काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) १९.८९ अकंले घटेर २०६९.५३ बिन्दुमा बन्द भएको छ ।
साताको अन्तिम कारोबारको दिन ३११ कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच हुँदा४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.१७ प्रतिशतले शेयर मूल्य घटेको हो ।
बिहिबार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स, अप्पर लोहोरे खोला, भगवती हाइड्रोपावर र मनकामना इन्जिनिरिङको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज पोखरा फाइनान्स कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।