बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रो पटक पनि दिएन भिसा

सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रो पटक पनि दिएन भिसा

काठमाडौँ । क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।

अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।

अमेरिकी दूतावासले उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।

याे पनि : 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend